१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

नेपाल र यमनबिच खेल जारी, पहिलो हाफ गोल रहित बराबरीमा

तस्बिर: एन्फा।

फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोट अन्तर्गत अहिले नेपाल र यमनबिच प्रतिस्पर्धा जारी छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ७ बजे देखि सुरु भएको खेलको पहिलो हाफ सकिँदासम्म दुवै टोली गोल रहित बराबरीमा छन्।

नेपालले घरेलु मैदानमा विश्वकप छनोट (दोस्रो चरण) को दोस्रो खेल खेलिरहेको हो। समूह ‘एच’ को टोली नेपालले यसअघि संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध ४–० को हार बेहोरेको थियो।

यमन र नेपालबीच हालसम्म चार पटक भेट भएको छ। तीमध्ये तीन खेल यमनले जितेको छ। सन् २०१७ मा घरेलु मैदानमा सम्पन्न एसियन कपको तेस्रो चरणको खेलमा भने नेपालले यमनलाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो।

प्रकाशित: ५ मंसिर २०८० १४:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App