१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

अपराजित भारतको फाइनलमा खराब ब्याटिङ, अस्ट्रेलियाले पायो २४१ रनको विजयी लक्ष

आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियाविरुद्ध संघर्षरत ब्याटिङ गरेको भारतले अस्ट्रेलियालाई जितका लागि २४१ रनको लक्ष दिएको छ।

आइतबार नरेन्द्र मोदी रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले ५० ओभरमा १० विकेट गुमाएर २४० रन पूरा गरेको हो।

भारतका लागि केएल राहुल र विराट कोहलीको अर्धशतक प्रहार गरे। विकेटकिपर केएल राहुलले एक सय सात बलमा ६६ रन बनाए। साथै विराट कोहलीले ५४ र कप्तान रोहित शर्माले ४७ रन बनाए।

सूर्यकुमार यादवले १८, कुलदीप यादवले १०, रविन्द्र जडेजा र मोहम्मद सिराजले नौ/नौ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान गर्न सकेनन्। 

अष्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन विकेट लिए भने जोस हेजलउड र प्याट कुमिन्सले दुई/दुई विकेट लिए। साथै ग्लेन म्याक्सवेल र अदाम जाम्पाले एक/एक विकेट लिए। 

भारतले न्युजिल्याण्डलाई तथा अष्ट्रेलिया दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेका हुन। भारतले जारी विश्वकपमा खेलेको १० खेलमा अपराजित रहयो भने अष्ट्रेलिया १० मध्ये लिग चरणका दुई खेल भारत र दक्षिण अफ्रिकासंग पराजित भएको थियो।

भारत तेस्रो पटक उपाधि चुम्न चाहन्छ भने अष्ट्रेलिया छैठौ पटक उपाधि जित्ने प्रयासमा हुनेछ।

प्रकाशित: ३ मंसिर २०८० १२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App