७ पुस २०८१ आइतबार
image/svg+xml
समाज

टुँडिखेलमा साकेला-उभौलीको रौनक (तस्बिरहरू)

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

किरात समुदायको महान् पर्व साकेला उभौली– २०८१ को अवसरमा शनिबार राजधानीको टुँडिखेलमा विशेष साकेला नाच कार्यक्रमको आयोजना गरी मनाइएको छ।

उभौलीको अवसरमा  किरात याक्खा, सुनुवार, लिम्बू र राई समुदायले टुँडिखेलमा साकेला नाच नाचेका हुन्। यो चाड कृषि कर्ममा आधारित भएर मनाउने एक विशेष चाड हो।

वैशाख पूर्णिमामा पर्ने उभौलीमा प्रकृति भूमि र पुर्खाको पुजा गरी धुमधामसँग खेतीपाती सुरु गरेका किरातले मंसिर पूर्णिमा त्यसैगरी पुजा गरी उधौली मनाउने र नयाँ अन्न प्रयोग गर्ने चलन छ।

साकेला उभौली सृष्टिकालदेखि प्रकृति र मानव उत्पत्तिको कथा बोकेको किरात समुदायमा मुन्धुमको महत्वपूर्ण स्थान रहेको छ। मुन्धुम शब्दको अर्थ ‘मु’ भनेको आगो र ‘दुम’ भनेको हिँड्नु हो।

तस्बिरमा हेर्नुहोस् साकेला-उभौलीको राैनक। तस्बिरहरु : दिपेश दर्शधारी/नागरिक

प्रकाशित: ६ पुस २०८१ १९:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App