१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८०० सय जना बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयले खोप अभियान सञ्चालन गरेर १० देखि १४ वर्षका बालिकालाई खोप लगाइने जनाएको छ।  

अभियानअन्तर्गत जिल्लाका सबै विद्यालय र स्वास्थ्य संस्थामा खोप लगाइने छ। खोप अभियान तीन दिनसम्म सञ्चालन हुने खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले जानकारी दिए। रासस

प्रकाशित: १९ माघ २०८२ ०९:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App