८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

एलजीलाई प्रथम लामाचौर कप फुटबलको उपाधि

एनटु कफीसप पोखरा टुँडीखेललाई सडेनडेथमा पराजित गर्दै एलजी एशोसिनयसनले प्रथम लामाचौर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। निर्धारित समयमा १–१ गोलको बराबरीपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा पनि बराबरी भएपछि निर्णय सडन डेथमा गरिएको थियो।

एलसी ब्रदर्स युनाइटेडको आयोजनामा लामाचौर गोस्ते खेल मैदानमा भएको फाइनलमा (५–४ सडन डेथ) गोलअन्तरले हराउँदै एलजीले उपाधि आफनो बनाउन सफल भयो । च्याम्पियन बनेको एलजिले नगद २ लाख रुपैयाँसहितको उपाधि प्राप्त गर्यो।उपविजेता एन टुले १ लाख रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुप¥यो।निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।टाइब्रेकरमा पनि ४–४ को बराबरी भएपछि विजेताको टुंगो सडेनडेथबाट लागेको हो।

खेलको पहिलो हाफमा एलजिले सुमन श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । भने, दोस्रो हाफको सुरुवाती समयमै एन टुका साइमन गुरुङले बराबरी गोल गरेर टिमलाई खेलमा फर्काएका थिए। फाइनल खेलमा एलजिका गोलरक्षक आकाश रानाभाट म्यान अफ दी म्याच घोषित भए।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा एलजिका अनुज भण्डारी चुनिए।उनले नगद ३ हजार रुपैयाँसहित सिल्ड र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक एलजिका आकाश रानाभाट, उत्कृष्ट प्रशिक्षक एलजिकै ओम गुरुङ घोषित भए।एन टुका कन्यासुब्बा गुरुङ उत्कृष्ट डिफेन्डर र नकुल तामाङ उत्कृष्ट मिडफिल्डर बने।प्रतियोगितामा सर्वाधिक गोलकर्ता शितलज्योेति युवा क्लबका सन्दिप गुरुङ भए।उनीहरु नगद २५ सय रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे।प्रतियोगितामा आदर्श युवा क्लब भण्डारढिक फेयर प्ले अवार्डमाबाट पुरस्कृत बन्यो।

विजेता खेलाडीहरुलाई पूर्व खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, क्लबका अध्यक्ष शंकर केसी, खेल संयोजक विशाल नेपाली लगायतले पुरस्कार वितरण गरेका थिए।कार्तिक १९ गतेदेखि आयोजित प्रतियोगितामा १४ टोलीले सहभागिता जनाएको आयोजक एलसी ब्रदर्स युनाइटेडका अध्यक्ष शंकर केसीले बताए।  

प्रकाशित: २६ कार्तिक २०८० ०६:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App