२८ माघ २०८२ बुधबार
image/svg+xml
राजनीति

रवि र बालेन्द्रले एकै मञ्चबाट सम्बोधन गर्ने

गत माघ ५ गते जनकपुरको एकै सभालाई सम्बोधन गरेपछि एक्लाएक्लै चुनावी प्रचारप्रसारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह फेरि एउटै मञ्चमा देखिने भएका छन् ।  

जनकपुरको सम्बोधनपछि एकाएक खुट्टामा संक्रमण भएर लामो समय आराम गरेका सभापति लामिछाने अहिले आफ्नो चुनावी क्षेत्र चितवन २ मा खटिएका छन् भने वरिष्ठ नेता बालेन्द्र आफ्नो निर्वाचन क्षेत्र झापा ५ सहित देशका विभिन्न स्थान पुगिरहेका छन् ।  

सभापति लामिछाने र वरिष्ठ नेता शाहले यहीँ फागुन ६ गते कैलालीको धनगढीमा आयोजना हुने सभालाई संयुक्त सम्बोधन गर्ने भएका हुन् ।  

निर्वाचन आयोगले आगामी फागुन ४ देखि १८ गतेसम्म चुनावी सभा गर्ने समयसीमा तोकेपछि रास्वपाले शीर्ष दुई नेतालाई एकै मञ्चबाट सम्बोधनको समय मिलाएको हो । 

प्रकाशित: २८ माघ २०८२ १६:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App