१० असार २०८१ सोमबार
image/svg+xml
खेल

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले हरायो

भारतमा जारी आइसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गरेको छ। भारतको अहमदावादमा आज सम्पन्न खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटबाट  पराजित गरेको हो ।

यस अघि अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारीत ५० ओभरमा २४४ रन बनाउँदा सबै विकेट गुमाएको थियो । जितको लागि २४५ रन पछ्याएको दक्षिण अफ्रिकाले ४७ दशमलब ३ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।

दक्षिण अफ्रिकाको लागि रासी वान दर दुसेंले आउट नभई सबै भन्दा वढि ७६ रन बनाए । त्यसैगरी क्विंटन डिकॉकले ४१ रन , एंडिले फेहुक्वायोले ३९ रन, एडन मारक्रमलै २५ रन,  डेविड मिलरले २४ रन तथा कप्तान तेम्बा बवूमाले २३ रन बनाए। 

अफगानिस्तानका लागि राशिद ख़ान र मोहम्मद नबीले दुई दुई विकेट तथा मुजीब उर रहमानले एक विकेट लिए ।  

यस अघि अफगानिस्तानको पालोमा  सबै भन्दा वढिअज़मतउल्लाह ओमरज़ाईले आउट नभई   बलमा   चौका र   छक्कासहित ९७ रन बनाए। त्यसैगरी रहमत शाह  र नूर अहमदले २६ र२६ रन बनाए। त्यसैगरी इब्राहिम ज़दरान  १५ रन तथा राशिद ख़ानले १४ रनको योगदान दिए।

दक्षिण अफ्रिकाका लागि  जेराल्ड कट्ज़ीले सबै भन्दा वढि १० ओभरमा १ मेडन ओभर फाल्दै ४४ रन खर्चेर ४ विकेट लिए।त्यसैगरी लुंगिसानी एनगिडी र केशव महाराजले २र२ विकेट लिए। त्यसैगरी एंडिले फेहुक्वायोले  १ विकेट हात पारे।

जारी लिगमा दक्षिण अफ्रिका ९ खेलमा ७ जित र २ हारसंगै १४ अंक पाएर तालिकामा दोश्रो हुँदै सेमिफाइनल पुगेको छ । अफगानिस्तान चाहि ९ खेलमा ४ जित र ५ हारसंगै ८ अंक पाएर सेमिफाइनलमा पुग्न असफल भएको छ ।  

न्युजिल्याडले ९ खेलबाट १० अंक पाएको छ। पाकिस्तानले  ८ खेलबाट ८ अंक पाएको छ । न्युजिल्याण्ड भन्दा पाकिस्तान  रन रेटमा पछि छ। पाकिस्तानले अन्तिम खेलमा इग्ल्याण्डलाई ठूलो अन्तरले हराए मात्र न्युजिल्याण्डलाई पछि पार्दै सेमिफाइनलमा स्थान बनाउनेछ।  

प्रकाशित: २४ कार्तिक २०८० १६:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App