१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

विश्वकप क्रिकेटः न्युजिल्यान्डले श्रीलङ्कालाई ५ विकेटले हरायो

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत न्युजिल्यान्डले श्रीलङ्कालाई हराएको छ। बैङ्गलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा आज सम्पन्न भएको खेलमा न्युजिल्यान्डले श्रीलङ्कालाई  ५ विकेटबाट हराएको हो।

यस अघि न्युजिल्यान्डले टस जितेर श्रीलङ्कालाई पहिला व्याटिङ  गर्न लगाएपछि श्रीलंकाले ४६ दशमलब ४ ओभरमा १७१ रन बनाउँदा सबै विकेट गुमायो।  जवाफमा न्युजिल्याण्डले २३ दशमलब २ ओभरमा ५ विकेट गुमाएर विजयी लक्ष्य पुरा गर्यो ।  

न्युजिल्याण्डलाई बिजयी गराउन डेवन कॉन्वेले ४५ रन , डैरिल मिचेलले ४३ रन तथा रचिन रविंद्रले ४२ रन बनाए । त्यसैगरी कप्तान केन विलियमसनले १४ रन तथा ग्लेन फ़िलिप्सले १७ रन बनाए ।  

श्रीलंकाका लागि एंजलो मैथ्यूजले २ विकेट तथा दुश्मांता चमीरा र महीश थीक्षणाले एक एक विकेट लिए।

यसअघि श्रीलंकाको पालीमा कुसल परेराले  २८ बलमा  ९ चौका र  २ छक्कासहित  ५१ रन बनाए।त्यसैगरी महीश थीक्षणाले आउट नभई  ३८ रन बनाए । धनंजय डीसिल्वा  र दिलशान मदुशंकाले १९ /१९ रन तथा एंजलो मैथ्यूज़ १६ रन बनाउनु बाहेक बाँकी कसैले दोहोरो अंकमा रन जोड्न सकेनन्।

श्रीलंकालाई १७१ रनमा सिमित राख्न न्युजिल्याण्डका ट्रेंट बोल्टले  १० ओभरमा  ३ मेडन ओभर राख्दै ३७ रन खर्चेर ३ विकेट लिए।त्यसैगरी लॉकी फ़र्ग्युस , मिचेल सैंटनर र चिन रविंद्रले दुई दुई  विकेट लिए । टिम साउदीले एक जनालाई आउट गरे।

यो जितसंगै न्युजिल्याण्डले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । ९ खेलमा न्युजिल्याड ५ जित र ४ हारसंगै १० अंकका साथ चौथो स्थानमा रहेको छ । एक खेल कम खेलका पाकिस्तान र अफगानिस्तानको ८  / ८ अंक रहेको छ । पाकिस्तानले अन्तिम खेल इग्ल्याण्डसंग तथा अफगानिस्तानले दक्षिण अफ्रिकासंग खेल्न बाँकी रहेको छ । यी खेल पछि अन्तिम चारमा पुग्नेको टुंगो लाग्ने छ । यस अघि भारत , दक्षिण अफ्रिका र अष्ट्रेलिया अन्तिम चारमा पुगिसकेका छन।न्युजिल्याण्ड पाकिस्तान र अफगानिस्तान तीन मध्ये एक टोली सेमिफाइनलमा पुग्नेछन। 

प्रकाशित: २३ कार्तिक २०८० १४:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App