८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

भारतको अपराजित यात्रा कायमै,दक्षिण अफ्रिका २४३ रनले पराजित

आइसीसी विश्वकप क्रिकेटमा आयोजक भारतको अपराजित यात्रा कायमै रहेको छ।

कोलकोत्ताको इडन गार्डेनमा आज सम्पन्न खेलमा घरेलु टोली भारतले दक्षिण अफ्रिकालाई २४३ रनको फराकिलो अन्तरले पराजित गर्दै विश्वकप यात्रामा अपराजित यात्रा कायमै राख्न सफल भएको हो।  

यस अघि भारतले टस जितेर पहिला व्याटिङ गर्दै निर्धारीत ५० ओभरमा ५विकेट गुमाएर ३२६ रन बनाएको थियाे। ३२७ रनको बिजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २७ दशमलब १ ओभरमा ८३ रनमै अल आउट हुन पुग्यो। 

दक्षिण अफ्रिकालाई सस्तैमा आउट गर्न भारतका बलर रवींद्र जाडेजाले सबै भन्दा बढि ५ विकेट लिए। उनले  ९ ओभरमा १ मेडन ओभरसहित ३३ रन खर्चेर ५ विकेट लिएका हुन। त्यसैगरी मोहम्मद शमी र कुलदीप यादवले दुई दुई विकेट लिए । त्यसैगरी मोहम्मद सिराजले एक विकेट हात पारे भने जसप्रीत बुमराहले कुनै विकेट लिन सकेनन । उनले ५ ओभर बलिङ गर्दै जम्मा १४ रन मात्र खर्चे । दक्षिण अफ्रिकाका लागि सबै भन्दा वढि मार्को यानसनले १४ रन बनाए । त्यसैगरी रासी वान दर दुसें  १३ रन तथा कप्तान तेम्बा बवूमाले ११ रन बाहेक बाँकीले दोहोराे अंकमा रन जोड्न सकेनन्।

यस अघि भारतको पालीमा सबै भन्दा बढि विराट कोहलीले १२१ बलमा १०चौकासहित १०१ रन बनाए । श्रेयस अय्यरले ८७ बलमा ७ चौका र २ छक्कासंगै ७७ रनको योगदान दिए।त्यसैगरी कप्तान रोहित शर्माले ४० रन , रवींद्र जाडेजाले २९ रन,शुभमन गिलले २३ रन  तथा सूर्यकुमार यादवले २२ रन बनाए।के एल राहुल ८ रन बनाएर आउट भए।

दक्षिण अफ्रिकाका लागि लुंगिसानी एनगिडी,मार्को यानसन, कगिसो रबाडा, केशव महाराज र तबरेज़ शम्सी सबैले एक एक विकेट लिए।  

यो जितसंगै भारत ८ खेलबाट १६ अंक बटुलेर तालिकाको अग्रस्थान रहेको छ । जारी विश्वकपमा दक्षिण अफ्रिकाको यो दोस्रो हार हो । ८ खेलबाट दक्षिण अफ्रिका१२ अंक पाएर तालिकाको दोस्रो स्थानमा यथावत छ।

भोलि बंगलादेश र श्रीलंका विच  नेपाली समय अनुसार दिउँसो २ १५ बजे देखि खेल हुनेछ।यस अघि श्रीलंकाले दुई तथा बंगलादेशले एक खेल जितेको छ। 

प्रकाशित: १९ कार्तिक २०८० १५:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App