१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

डेथ बलर अविनाशको सुपर ओभरका बलमा ‘भेरियसन’ नहुँदा चुक्यो नेपाल

तस्बिर :नेपाल क्रिकेट संघ (क्यान)

पर ओभरमा नेपाल ओमानसँग पराजित भएपछि नेपाल आइसिसी टि२० विश्वकप एसिया छनोटको उपाधि जित्न असफल भएको छ। निर्धारीत २० ओभरमा दुवै टोलीले १८४/ १८४ रन बनाएपछि खेलको निर्णय सुपर ओभरमा गरिएको थियो।

 सुपर ओभरमा नेपाल बलिङ र ब्याटिङ दुवैमा चुकेपछि उपाधि जित्न असफल भएको हो।सुपर ओभरमा ओमानले पहिला ब्याटिङ गर्दै कुनै विकेट नगुमाई २१ रन बनायो।जवाफमा नेपाले १ विकेटको नोक्सानीमा जम्मा १० रन मात्र बनाउन सक्यो र उपाधि चुम्नबाट वञ्चित भयो।

 टि२० मा सुपर ओभर खेलको नेपालले यो पहिलो पटक हो ।टि२० को स्पेशलिष्टको रुपमा चिनिएका बलर अविनाश बोहराले बलिङमा भेरियसन दिन नसक्दा एउटै खाले बल फालेर  तीन छक्का खाँदा नेपालले हार्न पुगेको हो । नेपालले आजको खेलमा विशेष गरेर पहिलो र अन्तिम पावर प्लेमा राम्रो गर्न नसक्दा पनि १८४ रन बनाएर पनि खेल जित्न नसकेको हो।

पहिलो पावर प्लेमा पाँच ओभरमा ५४ रन खानु र पछिल्लो पाँच ओभरमा ४८ रन गरी जम्मा १०२ रन खानुले पनि नेपाल जित्न असफल भएको हो । मिडल ओभरमा राम्रो खेले पनि विकेट लिन नसक्दा ओमानले पावर प्लेमा रन चुड्दा नेपाल दबाबमा परेको हो। ६ देखि १५ ओभरको बिचको १० ओभरमा नेपाले ८२ रन दिएर एक विकेट मात्र लिन सक्यो। यदि नेपालले मिडल ओभरमा विकेट लिन सकेको भए खेल नेपालको पक्षमा हुने थियो। १६ औ ओभरमा अविनाश बोहराले ९ रन दिएर एक विकेट लिए पनि १७ ओभरमा करण केसीले ३  चौका र १ छक्कासंगै  १८ खाएर १ विकेट लिए पनि नेपालको पक्षमा खेल आएन।

 १८औ ओभरमा  अविनाश बोहराले दुर्ई ४ चौकासंगै १२ रन खर्चदा नेपाल फेरी दवाबमा आयो ।  नेपालले खेल जित्न अन्तिम ओभरमा ८ रनलाई रोक्नु पर्ने भयो। अन्तिम ओभरमा सन्दीप लामिछानेले  २ क्याच आउट र एक रन आउट गरेर तीन विकेट लिँदै खेल बराबरीमा ल्याए  र हार्न बाट जोगाए पनि सुपर ओभरमा नेपाल चुक्दा उपाधि ओमानलाई सुम्पनु परेको हो। पहिलो पावर प्ले र मिडल ओभरमा गरी ५ विकेट लिन सकेको भए आज नेपालले खेल जित्ने आधार हुने थियो।पहिलो पावर प्लेमा ५४ रन खर्चेर जम्मा १ विकेट मात्र लिन सक्यो। खास गरी नेपालले सुपर ओभरमा धेरै खेल नखेलेको भएकाले पनि अनुभवको कारण आज ओमानसँग हार्न पुगेको हो। 

उपाधि जित्न नसके पनि अर्को वर्ष अमेरिका र वेष्टइण्डीजमा हुने आइसिसी टि२० विश्वकपमा छनौट हुनु नेपालको लागि सुखद समाचार ह ।भारतीय प्रशिक्षक मोन्टी देसाईले टोली सम्हालेपछि नेपालले एक दिवसीय क्रिकेटको मान्यता पाउनु र एसियाकप र एसियन गेममा भारत पाकिस्तान र वेष्टइण्डीज जस्ता टोलीसँग उत्कृष्ट प्रदर्शन गर्नु नेपाली क्रिकेटको सबल पक्ष मान्नु पर्दछ। 

 

प्रकाशित: १९ कार्तिक २०८० १४:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App