५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

नेपालले ओमानलाई जितका लागि दियो १८५ रनको लक्ष्य

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले ओमानसमक्ष १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णयसहित मैदान उत्रेको नेपालले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १८४ रन बनायो।  

नेपालका लागि गुलशन झाले सर्वाधिक ५४ रन बनाएर आउट हुँदा कप्तान रोहित पौडेल ५२ रनमा नट आउट रहे।

त्यस्तै ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले २२ बलमा ३१ रन बनाए भने अर्का ओपनर ब्याट्सम्यान आशिफ शेख ६ रनमा आउट भए। जबकी सन्दिप जोरा १० रन बनाएर आउट भए भने कुशल मल्ल ३ रनमै पबेलियन फकिए।

प्रकाशित: १९ कार्तिक २०८० ०६:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App