११ असार २०८१ मंगलबार
image/svg+xml
खेल

ऐतिहासिक जितसहित नेपाल ट्वान्टी–२० क्रिकेट विश्वकपमा छनोट

ऐतिहासिक जितसहित नेपाल आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकपमा छनोट भएको छ। आज भएको सेमिफाइनल खेलमा युएईमाथि शानदार जित हात पार्दै नेपालले आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकपमा छनोट भएको हो।

१३५ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।

शुक्रवार भएको सेमिफाइनल खेलमा नट आउट रहेका आसिफ शेखले सर्वाधिक रन ६५ बनाएका हुन । उनले ५१ बलमा ६ चौका र २ छक्कासहित यो रन बनाएका हुन। 

यसैगरी नट आउट रहेका अर्का ब्याट्सम्यान कप्तान रोहितकुमार पौडेलले २० बलमा ३३ रन बनाए । उनले ३ चौका र १ छक्कासहित यो रन बनाएका हुन। गुल्शन झा २४ बलमा २२ रन बनाएर आउट भएका हुन। उनले ३ चौका हानेका थिए। कुसल भुर्तेलले ८ बलमा ११ रन बनाएका हुन। उनले २ चौका हानेका थिए। 

यसैगरी युएईका वासिल हमिदको बलमा गुल्शन झा आउट भएका थिए। उनी २४  बलमा २२ रन बनाएर आउट भए हुन।  यसअघि युएईका नीलंश केसवानी को बलमा मोहम्मद वसिमले कुशल भुर्तेललाई क्याच आउट गरेका थिए।  

पहिलो इनिङमा युएईले नेपाललाई जितका लागि १३५ रनको लक्ष्य दिएको थियो।  

मूलपानी क्रिकेट मैदानमा जारी छनोटको सेमिफाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको युएईले निर्धारित २० ओभरको खेल खेल्दै ९ विकेटको क्षतिमा १३४ रन बनाएको थियो।

युएईका लागि वृत्तिय अरविन्दले सर्वाधिक ६४ रनको योगदान गरेका थिए। उनले ५१ बलमा ८ चौका र २ छक्काको मदले उक्त रन जोडे। यस्तै युएईका कप्तान मोहम्मद वशिमले २६ रन बनाए भने अलिशान सराफुले १६ र आशिफ खानले १३ रन बनाएका थिए।  

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३ विकेट लिँदा सन्दिप लामिछाने र सोमपाल कामीले समान २÷२ विकेट लिएका थिए।

प्रकाशित: १७ कार्तिक २०८० ०८:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App