१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

त्रिकोणात्मक टी–२० क्रिकेटः टस जितेर पहिले बलिङ गर्ने नेपालको निर्णय

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले टस जितेर पहिले बलिङ  गर्ने निर्णय गरेको छ।

जारी सिरिजमा एक खेल अगावै फाइनल प्रवेश गरिसकेको नेपालले आज यूएईसँग खेल्न लागेको हो।  

मुलपानी क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल अबको केहीबेरमा सुरु हुनेछ।

नेपालले यसअघि युएईलाई पहिलो खेलमा ७ विकेटले पराजित गरेको थियो। युएई आजको खेलम नेपाललाई पराजित गर्दै फाइनल प्रवेश गर्न चाहन्छ।

नेपाल जारी सिरिजमा ३ खेलमा ६ अङ्क जोडेर शीर्ष स्थानमा छ भने यूएई २ खेलबाट अङ्कसहित दोस्रो स्थानमा छ। लगातार तीन खेलमा पराजित भएको हङकङ अङ्कबिहीन हुँदै पुछारमा छ।

प्रकाशित: ६ कार्तिक २०८० ०५:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App