२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मालिकादेवी कप: उपाधिका लागि रोयल फेमिली र महांकालभूमि भिड्ने

तेस्रो संस्करणको जिल्लाकै चर्चित फुटबल प्रतियोगिता मालिकादेवी कपको उपाधिका लागि रोयल फेमिली र महांकालभूमि तामाङ समाज भिड्ने भएका छन्।

चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित दरबार डाँडा मैदानमा बिहीबार भएका सेमिफाइनलका खेलमा जित हाँसिल गर्दै रोयल फेमिली र महांकालभूमिले उपाधि भेट पक्का गरेका हुन्।

सातादेखि जारी प्रतियोगिताको फाइनल शुक्रबार हुने छ। प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १ सय ११ र उपविजेताले ६६ हजार ६ सय ६६ रुपैयाँ हात पार्ने छन्।

पहिलो सेमिफाइनल खेलमा रोयल फेमिली चौतारा स्पोर्टिङ क्लबलाई १–० गोलले स्तब्ध बनाउँदै उपाधि नजिक पुगेको हो। अर्को सेमिफाइनलमा महांकालभूमिले चौतारा वडा नं. ६ विरुद्ध ३–० गोलको सहज जित निकाल्दै फाइनलमा स्थान पक्का गर्न सफल भयो। रोयल फेमिलीका विदेशी खेलाडी एलेक्स र महांकालभूमिका राम ढकाल म्यान अफ द म्याच भए। उनीहरुले ट्रफी पुरस्कार पाए। 

स्थानीय मेलचौर युवा जागरण समाजको आयोजनामा भइरहेको खुला ७ ए साइड नगर कप प्रतियोगितामा बाह्यसहित जिल्लाका २९ टोलीले भाग लिएका थिए। जागरण समाजले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा बर्सेनी यो प्रतियोगिता आयोजना गर्दै आएको छ। आयोजकले बर्सेनी पुरस्कार राशि र सहभागी टोली बढाउँदा रोमाञ्चक बन्दै गएको यो प्रतियोगिता जिल्लामै चर्चित छ। 

प्रकाशित: २ कार्तिक २०८० १३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App