काठमाडाैं , कात्तिक २८ –सन् २०१९ मा हुने एएफसी एशियन कप छनोट चरणमा नेपालले फिलिपिन्ससँग गाेलरहित बराबरी खेल खेलेकाे छ । मंगलबार एन्फा कम्पेल्स्मा सम्पन्न छनाेट चरणकाे खेलमा नेपालले फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको हो ।
स्ट्राइकर अनिल गुरुङको अन्तिम अन्तर्राष्ट्रिय खेलमा नेपालले फिलिपिन्ससँग गोलरहित बराबरी खेलेको हाे । गाेलरहित बराबरीमा खेल सकिएपछि एफ समूहकाे पहिलाे स्थान अाेगटेकाे फिलिपिन्सलार्इ अंक तालिकामा असर परेकाे छ ।
समूह ‘एफ’ मा ४ खेलको समाप्तिमा एक अंक मात्र जोडेको नेपाल अन्तिम स्थानमा छ र टोली छनोट चरणबाट बाहिरिसकेको छ । यता समान खेलमा दुई जित र दुई बराबरीको नतिजा निकालेको फिलिपिन्स ८ अंकका साथ समूहको शीर्ष स्थानमा छ । समान खेलमा समान ६/६ अंक जोडेका यमन र ताजकिस्तान क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । यसअघि सम्पन्न पहिलो लिगमा नेपालले फिलिपिन्सलाई ४–१ को नतिजा सुम्पिएको थियो ।
प्रकाशित: २८ कार्तिक २०७४ १०:४१ मंगलबार