१४ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट : अफगानिस्तानद्धारा इग्ल्याण्ड ६९ रनले पराजित

भारतमा जारी विश्वकप क्रिकेटमा अफगानिस्तानले इग्ल्याण्डलाई हराएको छ।आज सम्पन्न खेलमा अफगानिस्तानले साविक विजेता इग्ल्याण्डलाई ६९ रनले हराएको हो ।  

जितको लागि २८५ रनको लक्ष्य सहित मैदानमा उत्रेको इग्ल्याण्डलाई अफगानिस्तानले ४० दशमलब ३ ओभरमा २१५ रनमा अल आउट गर्यो । यस अघि अफगानिस्तानले टस हारेर पहिला व्याटिङ गर्दै ४९ दशमलब ५ ओभरमा सबै विकेट गुमाएर २८४ रन बनाएको थियो । अफगानिस्तानकाे यो विश्वकपमा पहिलो जित हो भने इग्ल्याडले यो सहित दुई खेल हारेको छ । पहिलो खेलमा साविक विजेता इग्ल्याड साविक उपविजेता न्युजिल्याण्डसंग पराजित भएको थियो । जित संगै अफगानिस्तान अंक तालिकाको छैठौ स्थानमा उक्लीएको छ भने इग्ल्याण्ड पाँचौ स्थानमा रहेको छ।  इंग्ल्यान्ड पहिलो खेलमा न्युजिल्यान्डसँग ९ विकेटले पराजित भएको थियो । इंग्ल्यान्डले बंगलादेशलाई १ सय ३७ रनले हराएको थियो । इंग्ल्यान्डले अव शनिबार दक्षिण अफ्रिकासँग खेल्नेछ । अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग ६ विकेट र भारतसँग ८ विकेटले हराएको थियो । अफगानिस्तानले अव बुधबार न्युजिल्यान्डसँग खेल्नेछ।

इंग्ल्यान्डका ह्यारी ब्रुकले ६१ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६६ रन बनाए। डाविड मलानले ३२ रन , आदिल रशीदले २० रन , मार्क वुडले १८ रन तथा रीस टॉप्लीले १५ रन बनाए । त्यसैगरी इग्ल्याण्डका जॉनी बेयरस्टो २ रनमा, जो रूट ११ रनमा तथा लियम लिविंगस्टन  र सैम करन १०/ १० रन बनाएर आउट भए । त्यसैगरी कप्तान जॉस बटलर ९ रन बनाएर आउट भए।  

अफगानिस्तानलाई ऐतिहासिक जित दिलाउन राशिद ख़ान र मुजीब उर रहमानले ३ /३ विकेट लिए । त्यसैगरी मोहम्मद नबीले २ तथा फ़ज़लहक़ फ़ारूक़ी र नवीन उल हक़ १ /१ विकेट लिए।

यस अघि अफगानिस्तानका लागि सबै भन्दा वढि सुरुवाती व्याटर हशमतउल्लाह शहीदीले ५७ बलमा  ८ चौका र ४ छक्कासहित ८० रन बनाए । इकराम अलीख़िले ५८ रन बनाए । त्यसैगरी मुजीब उर रहमान  र इब्राहिम ज़दरानले २८ /२८ रन बनाए। राशिद ख़ानले २३ रन, अज़मतउल्लाह ओमरज़ाईले १९, कप्तान हशमतउल्लाह शहीदीले १४ रन मोहम्मद नबीले ९ रन तथा रहमत शाहले  ३ रन बनाए । नवीन उल हक़  ५  रनमा आउट हुँदा फ़ज़लहक़ फ़ारूक़ी २ रनमा नट आउट रहे।

इग्ल्याण्डका लागि सबै भन्दा वढि आदिल रशीदले १० ओभरमा १ मेडन ओभरसहित ४२ रन खर्चेर  ३ विकेट लिए । त्यसैगरी मार्कले वुड २ विकेट लिए । त्यसैगरी रीस टॉप्ली, लियम लिविंगस्टन र जो रूटले एक एक विकेट लिए।

अफगानिस्तानको टोली  

रहमानउल्लाह गुरबाज़,इब्राहिम ज़दरान,रहमत शाह,हशमतउल्लाह शहीदी कप्तान ,अज़मतउल्लाह ओमरज़ाई,इकराम अलीख़िल,मोहम्मद नबी,राशिद ख़ान,मुजीब उर रहमान,नवीन उल हक़ र फ़ज़लहक़ फ़ारूक़ी

इग्ल्याण्डको टोली

जॉनी बेयरस्टो,डाविड मलान,जो रूट,जॉस बटलर कप्तान,हैरी ब्रूक,लियम लिविंगस्टन,क्रिस वोक्स,सैम करन,आदिल रशीद,मार्क वुड र रीस टॉप्ली

प्रकाशित: २८ आश्विन २०८० १६:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App