१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट :भारतविरुद्ध अष्ट्रेलियाले १९९ रन बनायो

विश्वकप क्रिकेटमा  भारतविरुद्ध अष्ट्रेलियाले  १९९ रन बनाएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ दशमलब ३  ओभरमा १९९ रन बनाउँदा सबै विकेट गुमाएको हो।  

अष्ट्रेलियाका डेविड वार्नरले ४१ तथा स्टिभ स्मिथले ४६ रनमा बनाए।मिचेल स्टार्क ३० रनमा आउट भए ।मार्नस लाबुसेनले  २७ रन बनाए। 

भारतका लागि रविन्द्र जडेजाले ३ विकेट , कुलदिप यादव र जस्प्रित बुमराहले २/ २ विकेट  तथा  रविन्द्रन आश्विन,मोहम्मद शिराज र हार्दिक पान्ड्याले एक/ एक विकेट लिए ।

विश्वकपमा भारत र अष्ट्रेलियाबीच १२ खेल भएको छ । जसमा भारत ४ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ।पछिल्ला पाँच ओडिआई खेलमा भारत २ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको छ।

प्रकाशित: २१ आश्विन २०८० १२:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App