१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट: बङ्गलादेश र अफगानिस्तानबिच खेल जारी ,अफगानिस्तान पहिला ब्याटिङ गर्दै

भारतमा जारी विश्वकप क्रिकेट अन्तर्गत अहिले बङ्गलादेश र अफगानिस्तानबिच खेल भइरहेको छ। भारतको हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा भइरहेको यो खेलमा अफगानिस्तान टस हारेर पहिला ब्याटिङमा उत्रेको छ। ताजास्थीतीमा अफगानिस्तानले  २६ ओभरमा ४ विकेट गुमाएर ११२ रन बनाएको छ। अफगानिस्तानका रहमानउल्लाह गुरबाज़ ४७ तथा  कप्तान हशमतउल्लाह शहीदी १८ रन बनाएर आउट भए ।

अफगानिस्तानका सुरुवाती व्याटर इब्राहिम ज़दरान  २२ रन बनाएर आउट भए। त्यसैगरी रहमत शाह १८ रन बनाएर आउट भए।आजै दिउँसो २ १५ बजे  श्रीलङ्का र दक्षिण अफ्रिकाबिच  खेल हुनेछ।आयोजक भारतले अष्टेलियासंग भोलि पहिलो खेल खेल्नेछ। 

प्रकाशित: २० आश्विन २०८० ०७:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App