१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

ललितले एसियाली खेलकुद गुमाउने

नेपाली क्रिकेटर ललितनारायण राजवंशीले १९औं एसियाली खेलकुद गुमाउने भएका छन् । 

चीनको हानझाओ सहरमा असोज ६ देखि १९औं एसियाली खेलकुद हुँदै छ । सोही एसियाली खेलकुदको अभ्यासका क्रममा ललित घाइते भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । 

बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा फिल्डिङ गर्ने क्रममा ललितको राइट क्लाभिकल (ब्युटिबोन) फ्राक्चर भएको हो । दायाँ हातको ब्युटिबोनमा चोट लागेपछि उनको बिहीबार ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा शल्यक्रिया भएको थियो । १९औं एसियाली खेलकुदको पुरुष क्रिकेट सेप्टेम्बर २७ देखि अक्टोबर ८ सम्म हुँदै छ ।  

पाँच टेस्ट टोली श्रीलंका, भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानले सीधै क्वार्टरफाइनल खेल्नेछन् । तीन समूहका विजेताले क्वार्टरफाइनलमा स्थान बनाउनेछन् । 

समूह ‘ए’ को नेपालले सेप्टेम्बर २७ मा मंगोलिया र अक्टोबर १ मा माल्दिभ्ससँग खेल्नेछ । सन् २०२२ को सुरुआतमै स्पिनर ललितको बायाँ खुट्टाको घुँडामा शल्यक्रिया गर्नुपरेको थियो । करिब एक वर्षपछि नेपाली टोलीमा फर्किएका ललितले सानदार प्रदर्शन गरेका थिए ।

प्रकाशित: ५ आश्विन २०८० ०१:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App