१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

पोल्याण्डका फुटबल प्रशिक्षक फर्नान्डो बर्खास्त

पोल्याण्डका फुटबल प्रशिक्षक फर्नान्डो सान्तोष बर्खास्त भएका छन्। युरो कप छनोटमा कमजोर नतिजा र प्रर्दशनका कारण पोल्याण्डले प्रशिक्षक सान्तोषलाई बर्खास्त गरेको हो।  

पोर्चुगलका पूर्व प्रशिक्षक सान्तोषले जम्मा ६ खेलमा नेतृत्व गरेका थिए।

गत आईतवार पोल्याण्ड आल्बानियासँग २–० ले पराजित भएको थियो। पछिल्ला ५ खेलमा पोल्याण्डको यो तेस्रो पराजय हो। युरो छनोटको समूह ‘इ’ मा रहेको पोल्याण्ड चौथो स्थानमा छ।

पोर्चुगलका पूर्व प्रशिक्षक सान्तोषले सन् २०१६ मा युरो कप जितेका थिए। सन् २०२२ को विश्वकप पछि उनी बाहिरिएका थिए।  

पोल्याण्डले अर्को खेल अक्टोबरमा आईसल्याण्डसँग खेल्दैछ।  

प्रकाशित: २८ भाद्र २०८० ०२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App