६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

एसिया कप क्रिकेट :श्रीलंकाविरुद्ध भारत २१३ रनमा अलआउट

एसिया कप क्रिकेटको सुपर फोरको खेलमा आयोजक श्रीलंका विरुद्ध भारत २१३ रनमा  सीमित भएको छ।श्रीलंकाको आर प्रेमदासा क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४९ दशमलब १ ओभरमा २ सय १३  रन बनाउँदा सबै विकेट गुमायो। 

भारतका लागि सबै भन्दा वढि कप्तान  रोहित शर्माले ४८ बलमा ७ चौका र २ छक्का सहित ५३ रन बनाए ।त्यसैगरी के एल राहुलले ३९ ,इसान किसनले ३३ रन बनाए।अक्षर पटेलले २६ रनको योगदान दिए । शुभमन गीलले १९ रन बनाए। विराट कोहली ३, रवीन्द्र जडेजा ४ तथा हार्दिक पाण्डेय ५ रनमा आउट भए। जसप्रीत भुमराह ५ रनमा आउट भए । कुलदिप यादव ० रनमा आउट भए। श्रीलंकाका लागि दुनिथ दुनिथ वेललेजले महत्त्वपूर्ण ५ विकेट लिएका थि । उनले कप्तान शर्मा, ओपनर शुभमन गिल, पूर्व कप्तान विराट कोहली, केएल राहुल र उपकप्तान हार्दिक पान्ड्यालाई आउट गराएका थिए। 

चरिथ असलंकाले ९ ओभरमा १८ रन खर्चिएर ४ विकेट लिए । महेश थिक्सनाले १ विकेट लिए।

पहिलो खेलमा श्रीलंकाले बङ्गलादेशलाई पराजित गरेको थियो । दुवै टोली लगातार दोस्रो जितका दर्ता गर्दै फाइनल सम्भावना मजबुत बनाउन चाहन्छन्।सुपर फोरमा बङ्गलादेश, श्रीलंका, पाकिस्तान र भारत रहेका छन्।चार टिमबिच एकआपसमा खेल भएर शीर्ष दुई टोलीबिच फाइनल खेल हुनेछ।

प्रकाशित: २६ भाद्र २०८० १४:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App