१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

क्रिकेटर ललित राजवंशीलाई भारतीय उद्यमी अनुपम मित्तलले ब्याट उपहार दिने

भारतीय उद्यमी अनुपम मित्तलले नेपाली क्रिकेटर ललित राजवंशीलाई ब्याट उपहार दिने बताएका छन्।

मित्तलले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित राजवंशीलाई ब्याट उपहार दिने सामाजिक सञ्जालमार्फत् घोषणा गरेका हुन्।

‘कृपया, ललित राजवंशीलाई मसँग सम्पर्क गर्न भन्नु। उहाँलाई ब्याट प्रायोजन गर्न पाएमा म खुसी हुनेछु,’ मित्तलले भनेका छन्।

केहि दिन अघि एक अन्तवार्तामा राजवंशीले भनेका थिए, ‘मसँग नेटमा अभ्यास गर्ने एउटा ब्याट छ। तर, अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न मसँग ब्याट छैन। त्यसैले अन्तर्राष्ट्रिय प्रतियोगितामा म साथीहरूसँग ब्याट मागेर खेल्छु। खासगरी कुशल भुर्तेलसँग ब्याट लिएर म अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्छु।’

राजवंशीको उक्त भनाइलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आफ्नो ट्वीटर अकाउन्टमार्फत पनि सेयर गरेको थियो। आईसीसीले भारतीय टोलीका कप्तान शर्मा र नेपाली खेलाडी राजवंशीको तस्बिरसहित उक्त पोस्ट सार्वजनिक गरेको थियो।

उक्त पोस्टमा अनुपम मित्तलले राजवंशीलाई मौखिक सहयोगभन्दा पनि ब्याटको आवश्यकता भएको औल्याउँदै उनलाई व्याट उपहार गर्ने लेखेका थिए।

मित्तल सादी डटकमका संस्थापक हुन्। उनी भारतको चर्चित रियालिटी सो सार्क ट्याङ्क इन्डियामा समेत छन्।  

प्रकाशित: २६ भाद्र २०८० ०८:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App