२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

जेनिथ क्वार्टरफाइनलमा

जेनिथ स्कुल मंगलबार तेस्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा जेनिथले बाल दीक्षा सदनलाई ४७-२३ ले पराजित गर्‍यो।

जेनिथका सुशील शाहीले २० अंक जोडे। जुनियर ब्वाइजमा सनसाइनले इनोभेटिभलाई २१-१२, एआइएले बाल दीक्षा सदनलाई २५-१४ र पुष्पसदनले नेरिक एकेडेमीलाई १८-१२ ले हराए। सनसाइनका बिर्ख महर्जनले १४, एआइएका प्रणव शाहले ११ र पुष्पसदनका मातृका बुढाथोकीले ८ स्कोर गरे।

सिनियर गर्ल्समा एनसिसिएसले रिलायन्सलाई २२-१७, इनोभेटिभले आयोजक केएमसीलाई २१-१८, चेल्सी वर्ल्ड स्कुलले एलाइट ग्रान्डलाई २१-१६ र साइपाल एकेडेमीले बाल दीक्षा सदनलाई ११-८ ले पन्छाए। एनसिसिएसकी विभा महर्जनले १२, इनोभेटिभकी रिड्डी मगरले १८, चेल्सीकी श्रृष्टि शाहले ८ र साइपालकी आयुष्मा पल्छरिनले ७ अंक बटुले।

प्रकाशित: २० भाद्र २०८० ०३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App