१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

उमा कुङफुको राष्ट्रिय रेफ्री सेमिनार

नेपाल उमा कुङफु संघको आयोजनामा छैटौं राष्ट्रिय रेफ्री सेमिनार शनिबार जरंकुमा सम्पन्न भएको छ।

भदौ २२ र २३ गते जरंकुमै हुने छैटौं राष्ट्रिय उमा कुङफु प्रतियोगितालाई लक्षित गरी आयोजना गरिएको एकदिने सेमिनारमा १५ निर्णायकको सहभागिता रहेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले जानकारी दिए। सहभागीहरूमा रिजा महर्जन, रविन पुतुवार, निराजन मुक्तान, सिवान सुनुवार, मनीष पुटुवार, सुनिता श्रेष्ठ, सुनमाया तामाङ, श्रृषा खनाल, पासाङ तामाङ, मनोज विन्दुकार, शिव कुँवर, राजदीश नेम्कुल, सरिना घले, गोपाल थापा र सुरेन्द्र राई छन्। उनीहरूलाई अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा, संजीतकुमार राई, दीपक श्रेष्ठ, रमेश महर्जन, कमल मगर र सञ्जयराज पुतुुवारले परिवर्तित नियमबारे जानकारी गराएका थिए।

प्रकाशित: १७ भाद्र २०८० ०२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App