१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

मार्सल आर्ट टोली स्वदेश फिर्ता

जर्मनीमा सम्पन्न अन्तर्राष्ट्रिय मार्सल आर्ट च्याम्पियनसिपमा नेपालबाट सहभागी टोली स्वदेश फिर्ता भएको  छ।

गत अगस्ट ४ देखि २४ गतेसम्म सम्पन्न प्रतियोगिताका साथै समर क्याम्पमा नेपालबाट सहभागी खेलाडीले पदक जित्न सफल भएका छन्। कीर्तिपुर नगरपालिका र जर्मनीको लुविज नगरपालिकाको सहकार्य र मार्सल आर्ट अर्गनाइजेसन नेपालको सहयोगमा उक्त टोली जर्मनी गएको थियो। खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरी पदक जित्न सफल भएको टिम प्रशिक्षक राजीव महर्जनले जानकारी दिए। पदकविजेता खेलाडी, प्रशिक्षक तथा टिम व्यवस्थापकलाई कीर्तिपुर नगरपालिकाले एक कार्यक्रम गरी सम्मान गरेको छ। कार्यक्रममा कीर्तिपुर खेलकुद विकास समिति तथा विथ लोकल्स नेपालले पनि सहयोग गरेको विथ लोकल्सका सञ्चालक सुदीप महर्जनले बताए।

कीर्तिपुर नगरपालिकाकी उपमेयर शुभलक्ष्मी शाक्यले विजेता खेलाडी तथा प्रशिक्षकलाई  बधाई ज्ञापन गरिन्। उपमेयर शाक्यले खेलाडीलाई अझ प्रगति गरी देश र कीर्तिपुर नगरको नाम उच्च राख्न हौसलासमेत प्रदान गरिन्।  

उक्त प्रतियोगिताको पुरुष ३० केजीमा इभान महर्जनले स्वर्ण, ४० केजीमा एन्जेस महर्जनले रजत र ५० केजीमा प्रतीक श्रेष्ठले कांस्य जितेको प्रशिक्षक महर्जनले जानकारी गराए। टिम व्यवस्थापकको भूमिकामा रजनी डंगोल सहभागी भएकी थिइन्। कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटा, वडाअध्यक्ष राजकुमार श्रेष्ठ, कीर्तिपुर खेलकुद समितिका संयोजक विजयप्रकाश महर्जनलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: ११ भाद्र २०८० ०२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App