१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक मंगोलियातर्फ

नेपालका तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले मङ्गोलियामा हुने इस्ट एसियन युथ गेम्स २०२३ मा खेल सञ्चालन गर्ने भएका छन्।

ओलम्पिक कोउन्सिल अफ एसिया र मङ्गोलियाको खेलकुद मन्त्रालयको संयुक्त आयोजनामा हुने सो खेलकुद मेलामा तेक्वान्दोतर्फ निर्णायकका लागि दक्षिण एसियाबाटै एक मात्र रेफ्रीको रुपमा अशोकको चयन भएको हो।

अशोक हाल दक्षिण कोरियामा छन। दुई हप्ताअघि विश्व ¥याङकिङ जि २ प्रतियोगिता किम योङ कप तेक्वान्दो च्याम्पियनसिप निर्णायकको भूमिका निर्वाह गर्न अशोक दक्षिण कोरियाको मुजु गएका थिए। अशोक दक्षिण कोरियाबाट नै मङ्गोलियाको उलानबाटर प्रस्थान गर्नेछन् । प्रतियोगिता अगष्ट १६ देखि २२  तारिखसम्म हुनेछ।

प्रकाशित: ३० श्रावण २०८० १४:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App