१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

शकिब पुनः कप्तान

ओपनर तमिम इकबालले चोट बोकेपछि बंगलादेशले अलराउन्डर शकिब अल हसनलाई एकदिवसीय क्रिकेटको कप्तान घोषणा गरेको छ।

बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) का प्रवक्ता तनभिर अहमदले आगामी विश्वकपसम्म ३६ वर्षे शकिबले नै कप्तानी गर्ने बताएका छन्। ‘आगामी एसिया कप र विश्वकपसम्म शकिब अल हसनलाई नै बंगलादेशको कप्तानी जिम्मेवारी दिने निर्णय भएको छ। बाँकी जानकारी हामी पछि दिनेछौं,’ तनभिरले भने। यसअघि पनि बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसनले एकदिवसीयमा शकिबलाई पुनः कप्तानको जिम्मेवारी दिनु उचित हुने धारणा राखेका थिए। ओपनर तथा कप्तान तमिम डाढमा समस्याका कारण टोलीबाहिर रहनेछन्।  

यद्यपि, आगामी अक्टोबरको सुरुआतमा भारतमा हुने विश्वकपसम्म भने उनी फिट हुन सक्ने पनि अनुमान गरिएको छ। ‘शकिबलाई कप्तानमा चयन गर्नु नै सहज निर्णय हुन सक्छ,’बिसिबीका अध्यक्ष सहनले भनेका थिए। शकिबको नेतृत्वमा बंगलादेशले ५० एकदिवसीय (सन् २००९ देखि २०१७) खेल खेलेको थियो। त्यसमध्ये उनको नेतृत्वमा बंगलादेशले २३ खेलमा जित निकालेको छ। शकिबले सन् २००९  

देखि ११ सम्म बंगलादेशको तीनै फरम्याटको क्रिकेटमा नेतृत्व गरेका थिए। पछिल्ला समय भने तमिमले बंगलादेशको नेतृत्व गर्दै आएका थिए। तर, उनी चोटका कारण टोलीबाहिर रहने भएपछि शकिबले पुनः जिम्मेवारी पाउने भएका हुन्।  

तमिमले गत जुलाईमा सबै फरम्याटको क्रिकेटबाट संन्यास लिएका थिए। तर, प्रधानमन्त्री शेख हसिनाको आग्रहपछि तमिमले आफ्नो निर्णय फिर्ता लिए। तमिम जिम्मेवारीबाट हटेपछि लिटन दासले बंगलादेशको कप्तानी गर्दै आएका छन्। संन्यासको निर्णय फिर्ता लिएपछि तमिमलाई ६ हप्ता आराम गर्ने समय दिइएको थियो।

पछिल्ला हप्ता मात्र उनी बेलायतमा उपचार गराएर स्वदेश फर्किएका थिए। बंगलादेशले एसिया कपअगाडि न्युजिल्यान्डसँग तीन खेलको एकदिवसीय शृंखला खेल्दै छ। उक्त खेलमा उनी फर्कने आशा गरिएको छ।  

प्रकाशित: २७ श्रावण २०८० ०२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App