५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

उपचाररत खेलाडीहरूलाई चेक हस्तान्तरण

खेलाडीहरूका लागि आपत्विपत्मा सहयोग गर्ने उद्देश्यले स्थापित राष्ट्रिय खेलाडी कल्याणकारी कोषले उपचाररत खेलाडीहरूलाई उपचार खर्च प्रदान गरेको छ।

कोषका अध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले उपचाररत विभिन्न तीन खेलाडीलाई उपचार खर्च रकमको चेक बुधबार हस्तान्तरण गरेका हुन्। उपचार रकम प्राप्त गर्ने खेलाडीहरूमा टेबल टेनिसकी सेलिशा खड्गी, टेबल टेनिसका चन्दन शाही र एथलेटिक्सकी अञ्जु खड्का छन्। क्यान्सर रोगको उपचारमा रहेकी खड्गीका दाजुलाई दुई लाखको चेक हस्तान्तरण गरिएको हो। उनी भारतमा उपचाररत छिन्।

यस्तै शारीरिक अस्वस्थताका कारण ट्रमा सेन्टर वीर अस्पतालमा उपचाररत चन्दन शाहीलाई एक लाखको चेक हस्तान्तरण गरिएको थियो। यसै गरी कोषले स्कुटर दुर्घटनामा परेकी एथलेटिक्सकी खेलाडी अञ्जुलाई एक लाखको चेक हस्तान्तरण ग¥यो। अञ्जु केएमसी हस्पिटलमा उपचाररत छिन्।

प्रकाशित: १८ श्रावण २०८० ०२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App