२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

‘साउदी प्रो लिगले खेलाडी बजारै परिवर्तन’

म्यानचेस्टर सिटीका पेप ग्वार्डिओलाले साउदी प्रो लिगका कारण खेलाडी किनबेचको बजार नै परिवर्तन भएको उल्लेख गर्दै अझै धेरै हाई प्रोफाइल खेलाडी त्यहाँ जाने बताएका छन्।

साउदीको फुटबलमा यसै हप्ता जाने हाई प्रोफाइल खेलाडी रियाद महारेज पनि म्यानचेस्टर सिटीका नै हुन्। उनी पनि क्रिस्ट्यिानो रोनाल्डोले नै रोजेको बाटोतर्फ अग्रसर भए।

फ्रान्सका करिम बेन्जिमा र युरोपका अन्य थुप्रै शीर्ष लिगका खेलाडीले पनि साउदीको फुटबल रोजिरहेका छन्। अल्जेरियाका महारेज ३८.६ मिलियन डलरमा साउदीको प्रो लिग क्लब अल अहलीमा अनुबन्धित भएका हुन्। बायर्न म्युनिखका साडियो माने पनि साउदीको लिग जाने तयारीमा छन्। उनी रोनाल्डोको क्लब अल नासर जाने सम्भावना रहेको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

म्यानचेस्टर सिटीका पेप ग्वार्डिओलाले साउदी प्रो लिगका कारण खेलाडी किनबेचको बजार नै परिवर्तन भएको उल्लेख गर्दै अझै धेरै हाई प्रोफाइल खेलाडी त्यहाँ जाने बताएका छन्।

युरोपका उत्कृष्ट खेलाडीको रोजाइमा साउदी परेसँगै सिटीका प्रशिक्षक ग्वार्डिओलाले खेलाडी बजारको मार्केट नै परिवर्तन भइरहेको बताएका हुन्। ‘साउदीको लिग पूर्ण रूपमा परिवर्तन भइरहेको छ,’ मैत्रीपूर्ण खेलका लागि सिओलमा रहेका ग्वार्डिओलाले भने, ‘एक वर्षअगाडि मात्र रोनाल्डो पहिला खेलाडी थिए।

त्यतिबेला कसैले पनि यति धेरै उत्कृष्ट खेलाडी त्यहाँ जान्छन् भन्ने कल्पनासमेत गरेका थिएनन् होला। भविष्यमा अझै धेरै खेलाडी साउदीको प्रो लिग खेल्न जान सक्छन्।’

ग्वार्डिओलाले महारेजसँग आफ्नो सम्बन्ध विशेष रहेको समेत उल्लेख गरेका छन्। ‘मेरो करियरमा मन परेका खेलाडीमध्ये उनी पनि एक हुन्। उनको कठिन समयमा पनि मैले सहयोग गरेको छु,’ ग्वार्डिओलाले भने,‘हाम्रो सफलतमा उनी निकै महत्वपूर्ण खेलाडी हुन्।

युरोपका उत्कृष्ट खेलाडीको रोजाइमा साउदी परेसँगै सिटीका प्रशिक्षक ग्वार्डिओलाले खेलाडी बजारको मार्केट नै परिवर्तन भइरहेको बताएका हुन्।

मैले उनीसँग ५/६ वर्ष सँगै काम गरेको छु।’ शनिबार बायर्न म्युनिखले जापानको क्लब कावासाकी फ्रन्टेलमाथि १–० को साँघुरो जित निकाल्दा माने क्लबमा अनुपस्थित रहे। मैत्रीपूर्ण खेलमा माने क्लब बाहिर थिए। जर्मन च्याम्पियन बायर्नले पनि मानेले क्लब परिवर्तन गर्ने कुरा गरिरहकाले उनलाई प्लेइङ लिस्टमा समावेश नगरेको समेत उल्लेख गरेको थियो। 

प्रकाशित: १४ श्रावण २०८० ०२:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App