१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

एसिसी इमर्जिङ टिम्स एसिया कप: नेपाल विरुद्ध युएईले १५७ रन बनायो

एसिसी इमर्जिङ टिम्स एसिया कपमा  नेपाल विरुद्ध  युएई एले  १५७ रन बनाएको छ।  

श्रीलंकामा जारी यो प्रतियोगितामा  नेपाल विरुद्ध आज युएई एले टस जितेर पहिला व्याटिङ गर्दै ४४ ओभरमा १५७ रन बनाउँदा सबै विकेट गुमाएको हो।  

युएई एलाई सस्तैमा समेट्न नेपालका कुसल भुर्तेल एक्लैले ६ विकेट लिएका हुन। उनले १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिएका हुन। त्यसैगरी श्याम ढकालले २ तथा कुसल मल्ल र पवन सरार्फले एक एक विकेट लिएका हुन। यस अघि यी दुवै टोली दुवै खेलमा पराजित हुँदै प्रतियोगिताको पहिलो चरणबाटै बाहिरी सकेका छन।

नेपालले पहिलो खेलमा पाकिस्तान ए संग तथा दोश्रो खेलमा भारत ए संग पराजय भोगेको हो। नेपाल पहिलो खेलमा पाकिस्तानसँग १ सय ७९ र दोश्रो खेलमा भारतसँग १ सय ६७ रनमा अल आउट भएको थियो।

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो। युएई भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएको थियो।

नेपालको प्लेइङ ११

कुशल भुर्तेल, अर्जुन साउद, रोहित पौडेल (कप्तान), कुशल मल्ल, पवन सरार्फ , देव खनाल, गुलशन झा, श्याम ढकाल, प्रतिश जि।सी, किशोर महतो र सन्दीप जोरा

आजै भारत ए र पाकिस्तान ए बीच पनि खेल हुँदैछ। यी दुई बीचको खेल नेपाली समय अनुसार दिउसो २स् १५ मा शुरु हुनेछ। बिजेता टोली समूहमा पहिलो हुनेछ। दुबै टोलीले यस अघि खेलेका दुवै खेल जितेका छन। उता समूह ए मा आयोजक श्रीलंका , बंगलादेश र अफगानिस्तान तीनै टोलीले समान ४ अंक पाए पनि  रन रेटका आधारमा  श्रीलंका र  बंगलादेश सेमीफाईनलमा पुगेका छन। ओमान भने खेलेका ३ वटै खेल हारेर अंक विहिन बन्न पुगेको छ।  

प्रकाशित: ३ श्रावण २०८० ०७:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App