१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

इमर्जिङ एसिया कप: क्याप्टेन रोहितको अर्धशतक, नेपालले कटायो सय रन

फाइल तस्बिर

एसीसी इमर्जिङ एसिया कपमा भारतसँग प्रतिस्पर्धा गरिरहेको नेपालले एक सय रन कटाएको छ । यो रनमध्ये क्याप्टेन रोहित पौडेल र सोमपाल कामीबिचको पार्टनर सिपमा ५० रन कटेको थियो । यी दुई खेलाडीले ८० भन्दा बढी बल खेलेर ५० रन कटाएका थिए । 

सातौँ विकेटका रूपमा मैदानमा उत्रिएका गुल्शन झाको छक्कासँगै नेपालले एक सय रन कटाएको हो । ३० ओभर २ बलमा नेपालले ६ विकेट गुमाएर १२२ रन बनाएको छ । क्याप्टेन रोहित शर्माले ६९ बल खेलेर ५० रन कटाएका छन्। यो उनको यो खेलको सबैभन्दा ठूलो स्कोर हो । 

अहिलेसम्म नेपालले ६ वटा विकेट गुमाएको छ । छैटौँ विकेटका रूपमा सोमपाल कामी आउट भएका थिए। कुशल मल्ल ह्याङगर्गेकरको बलमा अभिषेक शर्माको हातबाट क्याच आउट भएका हुन । यो विकेटसँगै नेपालको पावर प्ले पनि सकिएको थियाे । यसअघि भीम सार्की ८ बल खेलेर एक चौकासहित आउट भएका हुन। उनी पनि भारतीय बलर हर्सित रानाको बलमा आउट भएका हुन। 

यसअघि देव खनालको विकेट गएको थियो । यसअघि आसिफ आउट भए । एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत ए विरुद्धको खेलमा पहिलो विकेट कुशल भुर्तेल गएको थियो । उनी दोस्रो बलमै आउट भएका थिए। मल्ल भारतीय बलर हर्सित रानाको बलमा एलबीडब्लू भएका हुन् ।

भारतीय बलर ह्याङगर्गेकरले ३, रानाले २ र अर्का बलर मानभले १ विकेट लिएका हुन ।  

श्रीलङ्काको कोलम्बोस्थित आर प्रेमादासा रङ्गशालामा नेपाल र भारत बिच प्रतिस्पर्धा भइरहेको छ। नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो।

प्रकाशित: १ श्रावण २०८० ११:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App