१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

इमर्जिङ टिम्स एसिया कपमा आज नेपाल भारत ‘ए’ सँग खेल्दै

तस्बिर: क्यान

श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज नेपालले भारत ‘ए’सँग खेल्दैछ।

समूह बीमा रहेको नेपालले समूह चरणको दोस्रो खेल भारत ‘ए’ सँग खेल्न लागेको हो। पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग पराजित भएको थियो। यस खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुनेछ। खेल दिउँसो २ बजे सुरु हुनेछ।

पहिलो खेलमा पाकिस्तानसँग चार विकेटले पराजित नेपालका लागि भारत बलियो प्रतिद्वन्द्वी हो।

इमर्जिङ एसिया कपको समूह ‘बी’ मा नेपालसँगै पाकिस्तान ‘ए’, भारत ‘ए’ र संयुक्त अरब इमिरेट्स (युएई) छन्।

प्रकाशित: १ श्रावण २०८० ०१:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App