१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

महिला विश्वकपमा न्युजिल्यान्ड: जितको खडेरी तोड्ने लक्ष्य

जित्का क्लिमकोभा

न्युजिल्यान्डकी प्रशिक्षक जित्का क्लिमकोभाले घरेलु मैदानमा जुलाई २० बाट सुरु हुने फिफा महिला विश्वकप २०२३ आफूहरूका लागि जितको खडेरी तोड्ने सुनौलो अवसर भएको बताएकी छिन्।

जुलाई २० देखि अगस्ट २० सम्म हुने फिफा महिला विश्वकपको अस्ट्रेलिया आयोजक हो भने न्युजिल्यान्ड सहआयोजक हो। न्युजिल्यान्डले जुलाई २० मा अकल्यान्डस्थित इडेन पार्कमा नर्वेविरुद्धको खेलसँगै महिला विश्वकप २०२३ मा आफ्नो यात्राको सुरुआत गर्नेछ। समूहचरणका अन्य खेलमा स्विट्जरल्यान्ड र फिलिपिन्सको सामना गर्नेछ।

आठ समूहबाट शीर्ष २ टोलीले नकआउट चरणमा स्थान बनाउनेछन्। न्युजिल्यान्डका लागि समूह ‘ए’ बाट नकआउट चरण प्रवेश गर्नका लागि आफ्नै इतिहासमा सुधार गर्दै कम्तीमा एक जित निकाल्नुको विकल्प छैन। न्युजिल्यान्डले सन् १९९१ देखि हालसम्म पाँच पटक विश्वकप खेलिसकेको छ। तर विश्वकपको विभिन्न ५ संस्करण गरी १५ खेल खेलिसक्दा पनि न्युजिल्यान्डले विश्वकपमा जितको स्वाद चाख्न पाएको छैन।

न्युजिल्यान्डकी प्रशिक्षक जित्का क्लिमकोभाले घरेलु मैदानमा जुलाई २० बाट सुरु हुने फिफा महिला विश्वकप २०२३ आफूहरूका लागि जितको खडेरी तोड्ने सुनौलो अवसर भएको बताएकी छिन्।

‘हामीले समूहचरण पार गर्न जित निकाल्न आवश्यक छ,’ क्लिमकोभाले भनिन्, ‘हामीसँग विश्वकपको पहिलो जित निकाल्ने अवसर छ, त्यो पनि घरेलु मैदानमा। यो अवसरसमेत खेर जान दिएमा त्यो हाम्रा लागि लज्जाको विषय हुनेछ।’

जनवरीमा न्युजिल्यान्ड घरेलु मैदानमा विश्वकपको साबिक विजेता अमेरिकाविरुद्धको दुई मैत्रीपूर्ण खेलमा क्रमशः ४-० र ५-० ले पराजित भएको थियो।

‘हामीले पछिल्लो दुई मैत्रीपूर्ण खेलमा कमजोर रक्षापंक्तिका कारण फराकिलो हार व्यहोर्नुपर्‍यो,’ उनले भनिन्, ‘हामीले त्यसमा धेरै सुधार गर्न आवश्यक छ। हामी आफूलाई समूहचरणमा अन्य राष्ट्रका लागि चुनौती दिने टोलीका रूपमा प्रमाणित गर्न चाहन्छाैं।’

जनवरीमा न्युजिल्यान्ड घरेलु मैदानमा विश्वकपको साबिक विजेता अमेरिकाविरुद्धको दुई मैत्रीपूर्ण खेलमा क्रमशः ४-० र ५-० ले पराजित भएको थियो।

न्युजिल्यान्डका लागि गोलखडेरीसमेत चिन्ताको विषय बनेको छ। गत वर्ष न्युजिल्यान्ड लगातार १० खेलसम्म जितविहीन बनेको थियो।

यस क्रममा न्युजिल्यान्डले एक गोल मात्र गरेको थियो। ‘हामीले गोललय भेट्टाउन आवश्यक छ,’ क्लिमकोभाचले भनिन्, ‘हामीले धेरै अवसर सिर्जना गरिरहेका छौं, तर त्यसलाई गोलमा परिणत भने गर्न सकेको छैनाैं। त्यसमा हामी सुधार गर्न चाहन्छौं।’

न्युजिल्यान्डका लागि गोलखडेरीसमेत चिन्ताको विषय बनेको छ। गत वर्ष न्युजिल्यान्ड लगातार १० खेलसम्म जितविहीन बनेको थियो।

क्लिमकोभा नर्वे विगतमा बलियो टोली भए पनि अहिले भने उनीहरूसँग डराउन आवश्यक नरहेको बताउँछिन्। ‘हामी नर्वेमाथि जितसहित प्रतियोगितामा सुखद सुरुआतको लक्ष्यमा हुनेछाैं,’ उनले भनिन्, ‘नर्वेविरुद्धको खेल सहज हुनेछ।’  

प्रकाशित: २७ असार २०८० ०२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App