१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

कोटेश्वर तेक्वान्दो डोजाङ च्याम्पियन

कोटेश्वर तेक्वान्दो डोजाङ आइतबार पाँचौं नेकोस खुला तेक्वान्दो प्रतियोगितामा च्याम्पियन भएको छ।

कोटेश्वर ४ स्वर्ण, ३ रजत र ६ कांस्य गरी कुल १३ पदकसहित टिम च्याम्पियन बन्यो।

नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गत राष्ट्रिय तेक्वान्दो संघ, नेपालद्वारा आयोजित प्रतियोगितामा ४ स्वर्ण, २ रजत र ४ कांस्यसाथ चन्द्रागिरी तेक्वान्दो डोजाङ दोस्रो भयो। तेस्रो भएको मूलपानी तेक्वान्दो डोजाङले ३ स्वर्ण, २ रजत र १ कांस्य हात पार्‍यो।

कोटेश्वर तेक्वान्दो डोजाङमा भएको प्रतियोगिताको पुरुषमा सुसंस्कार एकेडेमीका अशेष राई तथा महिलामा नवजीवन स्कुलकी रोशनी आचार्य उत्कृष्ट खेलाडी घोषित भए।

प्रकाशित: १८ असार २०८० ०३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App