१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिता सुरु

मोरङको विराटनगरमा आज देखि प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। विराटनगर ब्याडमिन्टन क्लबको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको प्रायोजनमा प्रतियोगिता भएको हो।

४ विधामा हुने प्रतियोगिताको पहिलो दिन मेन्स सिंगलतर्फ सुप्रिम पन्तले सुवास भट्टराईलाई र विनय चौधरीले सुचक खड्कालाई पराजित गरे भने रोधन राई र नवीन सिलवालले वाक ओभर पाउँदै सेमिफाइनल पुगे।

मेन्स डबल्सतर्फ शशी चौधरी र यशवन्त विक्रम शाहको जोडीले वाक ओभर पाए भने प्रकाश राई र नवीन सिलवालको जोडीले नारायण श्रेष्ठ र प्रदीप श्रेष्ठको जोडीलाई र मन्दीप घले र लाक्पा शेर्पाको जोडीले रमेश घिमिरे र जितेन्द्र सुवेदीको जोडीलाई हराउँदै सेमिफाइनलमा पुगे।

त्यस्तै, मेन्स डबल्सतर्फ मुनाहाङ राई र नवीन राईको जोडीले दिनेश पन्त र ज्योति हाङ राईलाई पराजित गरे भने नारायण श्रेष्ठ र प्रदीप श्रेष्ठको जोडी र रमेश घिमिरे र जितेन्द्र सुवेदीको जोडीले वाक ओभर पाउँदै प्रि–वाटरफाइनलमा पुगे। 

४५ वर्षमाथिको मास्टर डबल्सतर्फ पूर्ण बुढा र भजनलाल चौधरीको जोडीले भूपाल राना मगर र अमृत मल्लको जोडीलाई, डिल्लीराम डाँगी र विकास श्रेष्ठको जोडीले अशोक भूजेल र खगेन्द्र तिम्सिनाको जोडीलाई, ज्ञानेन्द्र भट्टराई र राम बुढाथोकीको जोडीले उमेश राई र किरणकुमार ताम्राकारको जोडीलाई, दिनेश चौधरी र नुनुलाल चौधरीको जोडीले किरणसिंह बस्नेत र मनोज लाखेको जोडीलाई, यशवन्तविक्रम शाह र धनकुमार श्रेष्ठको जोडीले पुनम दाहाल र देवनारायण मण्डलको जोडीलाई पराजित गरे भने शिवकुमार धिमाल र सुदीप पोखरेलको जोडी तथा जीवन बोगटी र शिखर श्रेष्ठको जोडीले वाक ओभर पाउँदै प्रि–क्वाटर फाइनलमा पुगे।

असार १६ गतेसम्म हुने प्रतियोगितामा प्रदेश भरबाट १ सय बढी खेलाडीको सहभागिता रहेको छ।प्रतियोगिताको मेन्स सिंगल र मेन्स डबल्सका प्रथमले २५ हजार, द्वितीयले १५ हजार र तृतीयले १० हजार, मास्टर ४५ र ६० वर्षमाथिका प्रथमले १५ हजार, द्वितीयले १० र तृतीयले ६ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन्।

प्रकाशित: १४ असार २०८० १४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App