६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

असार २३ देखि भलिबल लिग

सातौं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग आगामी असार तेस्रो सातादेखि सुरु हुने भएको छ।

नेपाल भलिबल संघको आयोजनामा आगामी असार २३ देखि ३० गतेसम्म पुरुष तथा महिला भलिबल क्लब लिग हुने भएको हो। यसै संस्करणदेखि प्रतियोगितामा प्रधानमन्त्री कप नाम राखिएको छ। संघले नक्सालमा सोमबार एक कार्यक्रम आयोजना गर्दै प्रतियोगिताका बारेमा जानकारी दिएको हो। क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ आठ र महिलामा ६ टोलीले प्रतिस्पर्धा गर्दै छन्। पाँच महिनाअगाडि सम्पन्न क्लब भलिबल च्याम्पियनसिपबाट छनोट भएका टोलीले क्लब भलिबल लिग खेल्न लागेका हुन्।

पुरुषमा टिपटप हेल्प नेपाल स्पोटर््स क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस, दावाली मिलन क्लब, केशवलाल स्मृति प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल क्लब संघ र शैलुङ बागढुङ्गा स्पोटर््स क्लबले चुनौती प्रस्तुत गर्नेछन्। महिलामा भने नेपाल पुलिस, न्यु डायमन्ड युथ स्पोटर्स क्लब, एपिएफ, आर्मी, एभरेस्ट भलिबल क्लब र गण्डकी प्रदेश भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक टोलीले तीन जना विदेशी खेलाडी समावेश गर्न पाउने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए।

पुरुष र महिला दुवै तर्पm शीर्ष तीन स्थान प्राप्त गर्ने टोलीले क्रमशः ६ लाख, तीन लाख र एक लाख ५० हजार रूपैयाँ पाउनेछन्। चौथो स्थानमा रहने टोलीले भने ७५ हजार रूपैयाँ प्राप्त गर्नेछन्। उक्त प्रतियोगितामा पुरुष तथा महिलातर्फ सर्वोत्कृष्ट खेलाडीले रु. ३५-३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनाही रु. १५-१५ हजार प्राप्त गर्ने छन्। प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले ४० लाख रूपैयाँ सहयोग गरेको संघले जनाएको छ।  

पुरुषतर्फ क्लब लिगको उपाधि भिडन्त तय गर्ने दुई टोलीले पहिलोपटक हुन लागेको काभा क्लब भलिबल च्याम्पियनसिपमा खेल्नेछन्। नेपाल भलिबल संघको आयोजनामा पहिलोपटक काभा क्लब भलिबल च्याम्पियनसिप नेपालमा नै हुँदै छ। त्यसका लागि संघले प्रक्रिया अगाडि बढाइसकेको छ। सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) का अध्यक्ष मोहमेदलथिफले नेपाललाई पहिलो पटक काभा क्लब भलिबल च्याम्पियनसिप आयोजना गर्न दिने संकेत गरिसकेको चन्दले जानकारी दिए। यद्यपि, स्वीकृति पत्र भने आउने बाँकी रहेको उनको भनाइ छ।

प्रकाशित: १२ असार २०८० ०२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App