आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत नेपाल विरुद्ध वेस्ट इन्डिजले ३३९ रनको विशाल स्कोर खडा गरेको छ।
टस हारेर पहिला व्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारीत ५० ओभरमा ७ विकेट गुमाएर ३३९ रन बनाएको हो।
वेस्ट इन्डिजका लागि निकोलस पुरनले ९४ बलमा १०चौका र ४ छक्कासहित ११५ रन बनाए । त्यसैगरी साई होपले १२९ बलमा १० चौका र ३ छक्कासहित १३२ रन बनाए ।
नेपालका लागि ललितनारायण राजवंशीले १० ओभरमा ५२ रन खर्चेर ३ विकेट लिए ।
सन्दीप लामिछानेले १० ओभरमा १ मेडन ओभर सहित ५० रन खर्चेर १ विकेट लिए ।
करण केसीले १० ओभरमा १ मेडन ओभर सहित ८१ रन खर्चेर १ विकेट लिए । गुल्सन झाले ८ ओभरमा ६४ रन खर्चेर १ विकेट लिए । दिपेन्द्रसिंह ऐरीले ७ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए ।
प्रकाशित: ७ असार २०८० १०:५६ बिहीबार