१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

प्रशिक्षणमा केन्द्रित हुन आग्रह

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले १९औं एसियाडको तयारीमा रहेका नेपाली खेलाडीलाई ढुक्क भएर प्रशिक्षणमा केन्द्रित हुन आग्रह गरेका छन्।

चीनको होङ्झाउ सहरमा आगामी सेप्टेम्बर २३ देखि १९औं एसियाड सुरु हुँदै छ। उक्त एसियाडमा नेपालका २९ खेलका २ सय ३३ खेलाडीले चुनौती प्रस्तुत गर्दै छन्। यी खेलका लागि कुल ५० प्रशिक्षक खटिएका छन्।

हाल दोस्रो चरणको अभ्यासमा रहेका तेक्वान्दो, कराते र कुस्तीको बुधबार तयारी प्रशिक्षण अवलोकन गर्ने क्रममा सदस्यसचिव घिसिङले ढुक्क भएर प्रशिक्षणमा केन्द्रित हुन आग्रह गरेका हुन्। यी खेलहरूले सातदोबाटोमा आआफ्ना प्रशिक्षण केन्द्रमा प्रशिक्षण गरिरहेका छन्। ‘तपाईंहरू ढुक्क भएर तालिममा केन्द्रित हुनुस्। अन्य समस्याका बारेमा तपाईंहरूले चिन्ता लिनु पर्दैन। समस्या समाधान गर्न हामी छौं,’ सदस्यसचिव घिसिङले भने।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले १९औं एसियाडको तयारीमा रहेका नेपाली खेलाडीलाई ढुक्क भएर प्रशिक्षणमा केन्द्रित हुन आग्रह गरेका छन्।

प्रशिक्षण अवलोकन गर्ने क्रममा सदस्यसचिव घिसिङले खेलाडीको प्रशिक्षण, खुराक, स्वास्थ्य अवस्था, वैदेशिक प्रशिक्षण, प्रशिक्षण स्थलको अवस्था, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता र खेलाडीको समस्या लगायतका विषयमा जानकारी लिएका थिए।

सुरुमा नेपालका २३ वटा खेलले एसियाडमा प्रतिस्पर्धा गर्ने तय थियो। यद्यपि, राखेपको ११६औं बोर्ड बैठकले खेल थप गर्दै नेपालका २९ वटा खेलका खेलाडीको प्रतिस्पर्धा गराउने निर्णय गरेको छ। हालसम्म २९ खेलमध्ये २५ खेलको अन्तिम छनोट भइसकेको छ।

प्रशिक्षण अवलोकन गर्ने क्रममा सदस्यसचिव घिसिङले खेलाडीको प्रशिक्षण, खुराक, स्वास्थ्य अवस्था, वैदेशिक प्रशिक्षण, प्रशिक्षण स्थलको अवस्था, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता र खेलाडीको समस्या लगायतका विषयमा जानकारी लिएका थिए।

पुरुष क्रिकेट, रग्बी, फेन्सिङ र इ स्पोर्ट्सको अन्तिम छनोट भइसकेको छैन। क्रिकेट हाल विश्वकप छनोट खेलिरहेको छ भने इ स्पोर्ट्स एसियाडकै छनोटका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदै छ। अधिकांश खेलले विशेष प्रशिक्षण थालेका छन्।

१९औं एसियाली खेलकुद सचिवालयका सचिव प्रचण्ड शर्माले आगामी साउन १ देखि असोज ३ गतेसम्म खेलाडीलाई क्लोज क्याम्पमा राख्ने जानकारी दिए। गत असार एक गतेदेखि विशेष प्रशिक्षणमा सहभागी खेलाडीलाई राखेपले दैनिक ९ सय र उपत्यकाबाहिरका खेलाडीलाई १६ सयका दरले भत्तासमेत प्रदान गर्दै आइरहेको छ। राखेपले अन्तर्राष्ट्रिय नतिजा र प्रदर्शनका आधारमा पदकको आशा गर्दै तीन खेल तेक्वान्दो, बक्सिङ र करातेलाई विशेष तयारी गराउने भन्दै पी वान क्याटागोरीमा राखेको छ।  

प्रकाशित: ७ असार २०८० ०२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App