२५ माघ २०८२ आइतबार
image/svg+xml
बजार

फेरि तीन लाख नाघ्यो सुनको मूल्य

साताको पहिलो दिन आज स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि देखिएको छ। 

यसअघि दुई लाख ९१ हजारमा कारोबार भएको सुन आज बढेर तीन लाख पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। 

आज सुन नौ हजार पाँच सय रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। 

आज चाँदी पाँच हजार १० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि चाँदी चार हजार ३८ रुपैयाँमा कारोबार भइरहेको थियो। यसरी चाँदीको मूल्यमा आज नौ सय ७२ रुपैयाँ वृद्धि देखिएको छ।  

प्रकाशित: २५ माघ २०८२ १०:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App