६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

नेपाललाई पाँचौ सफलता ,दिपेन्द्रले लिए विकेट

आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत अमेरिका विरुद्ध नेपाललाई पाँचौ विकेट हात लागेको छ ।  

नेपालका दिपेन्द्रसिंह एैरीले २१ दशमलब ३ ओभरमा टोलीका लागि पाँचौ विकेट दिलाएका हुन ।  पाँचौ विकेट झर्दा अमेरिकाले जम्मा ६५ रन बनाएको छ । यस अघि नेपालका लागि करण केसीले ७ ओभरमा ३ मेडन ओभर सहित ४ विकेट लिएका छन ।  करण केसीले दोश्रो ओभरमै जम्मा २ रन खर्चेर महत्वपूर्ण २ विकेट लिए । त्यसै गरी करणले नै आठौ ओभरमा कुनै रन नदिएर १ विकेट लिएर आफ्नो खातामा ३ विकेट जम्मा गरे  । करणले १० औभरमा १ रन खर्चेर १ विकेट लिएका हुन  । ताजा स्थीतीमा अमेरिकाको २५ ओभरमा  ५ विकेटको क्षतिमा  ८० रन बनाएको छ । नेपालका बलर ललितनारायण राजवंशीले  ४ ओभरमा  ८ रन खर्चेर कुनै  विकेट लिएका छैनन ।

गुलसन झाले ३ ओभरमा  १२ रन खर्चेर कुनै विकेट लिएका छैनन । सन्दीप लामिछानेले ४ओभर १९ रन खर्चेर कुनै विकेट लिन सकेका छैनन । 

प्रकाशित: ५ असार २०८० ०८:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App