७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

मनास्लु र लालीगुराँस प्रिक्वाटरफाइनलमा

मनास्लु र लालीगुराँस दोश्रो ऋत एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्।

बसुन्धरास्थित आयोजक ऋत एकेडेमीको कोर्टमा भएको खेलमा आज मनास्लुले टिम समिटलाई १५–१० तथा आरपीएसलाई ९–५ ले पराजित गर्‍यो। लालीगुराँसले काठमाडौं इन्टरनेसनललाई ११–७ तथा माम्बालाई १२–५ ले हरायो।

सोही स्पर्धामा स्वेता सदन, मार्कस ए’, एसकेसी नेपाल ए’, स्किब्स बी’, दुभ, टुख्या, केआईएनएस, प्रकाश बी’ र टाइम आउटले पनि प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे।

प्रतियोगिताको ऋत एकेडेमीका प्रिन्सिपल आनन्दकुमार यादव र नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष सन्जीतकुमार राईले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे।

प्रतियोगिताको ब्वाइजमा ९६ तथा गल्र्समा २४ गरी १ सय २० टिम सहभागी छन्। शीर्ष तीन स्थान हात पार्ने टोलीले नगद पुरस्कारसहित ऋतमा कक्षा ११ मा अध्ययन गर्न इच्छुकले छात्रवृत्ति पाउने छन्।  विजेताले ७ हजार नगद पुरस्कारसहित १०० प्रतिशत छात्रवृत्ति पाउने छन्। उपविजेतालाई ५ हजार नगदसहित ६० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ। तेश्रोले ३ हजार ५ सय नगदसहित ४० प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने छन्। मोस्ट भेलुएबल प्लेयर’ लाई पनि १०० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ। प्रतियोगिता आइतबार सम्पन्न हुनेछ।

प्रकाशित: २ असार २०८० १३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App