१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

टेबलटेनिस छनोट पूरा

चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि टेबलटेनिस खेलाडी छनोट पूरा भएको छ। समान २–२ पुरुष/महिला गरी ४ खेलाडीको अन्तिम छनोट गरिएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन्।

पुरुषमा संयोग कपाली र रुविन महर्जन तथा महिलामा नविता श्रेष्ठ र शिखा सुवाल श्रेष्ठले एसियाड सहभागिता पक्का गरे। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोट प्रतिस्पर्धामा पुरुष/महिलामा समान ६–६ खेलाडी सहभागी थिए। एसियाली खेलकुद असोज ६ गतेदेखि सुरु हुँदैछ।

प्रकाशित: ३० जेष्ठ २०८० १३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App