१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

प्रिन्स र रसिला छनोट

फाइल तस्वीर

प्रिन्स दाहाल र रसिला महर्जन आगामी सेप्टेम्बरदेखि चीनको हाङजाउमा हुने १९औं एसियाली खेलकुदका लागि नेपाली ब्याडमिन्टन टोलीमा छनोट भएका छन्। नेपाल ब्याड्मिन्टन संघले आगामी एसियाली खेलकुदसका लागि नेपालको तर्फबाट २/२ पुरुष र महिला खेलाडी छनोट गरेको हो।

आइतबार काठमाडौंस्थित देवीनगर ब्याडमिन्टन क्लबमा आयोजना भएको छनोट प्रतियोगिताबाट पुरुषमा प्रिन्स र रसिलासहित सुनील जोशी र जेसिका गुरुङ छनोट भएका हुन्।

यी चारै जनाले पहिलोपटक एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्दै छन्। नेपालको वरीयतामा रहेका पुरुषतर्फ शीर्ष १२ र महिलामा ९ स्थानसम्मका खेलाडीबीच प्रतिस्पर्धा भएको थियो। सोही प्रतियोगिताबाट यी चार खेलाडी छनोट भएका हुन्। वैकल्पिक खेलाडीमा पुरुषतर्फ विष्णु कटुवाल र महिलामा अनुमाया राई छनोट भएका छन्।

एसियाली खेलकुदमा नेपाली ब्याडमिन्टनको सबैभन्दा सुखद नतिजा पुरुष टिम इभेन्ट्सतर्फ क्वार्टरफाइनलसम्मको हो। यद्यपि कोटा कम भएकाले यो प्रतिस्पर्धामा नेपालको चुनौती नहुने नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले बताए।

‘कोरियाको इन्चोनमा सम्पन्न १७औं र इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुदमा हामी पुरुष टिम इभेन्टमा क्वार्टरफाइनलसम्म पुग्दै पाचौं स्थान हासिल गर्न सफल भएका छौं। तर, अहिले खेलाडीको स्तर राम्रो भएता पनि खेलाडीको कोटा कम भएकाले हामी टिम इभेन्ट्समा प्रतिस्पर्धा गर्न सक्दैनौं,’अध्यक्ष रामजीबहादुरले भने।

संघका सचिव नवीनविक्रम शाहले खेलाडीको स्तरलाई हेर्दा प्रिन्स जुनियरतर्फ विश्व नम्बर एक रहिसकेका छन्। रसिला पनि जुनियर युगलतर्फ विश्वको छैटौं स्थानमा रहिसकेकाले आगाामी एसियाडमा पनि राम्रो हुने आशा व्यक्त गरे।

प्रकाशित: २९ जेष्ठ २०८० ०२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App