१६ चैत्र २०८० शुक्रबार
खेल

बीएमसीए र एचएचसीए क्वाटरफाइनलमा

आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र एचएचसीए प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

बीएमसीएले भद्रकालीलाई ३६–३१ ले पराजित गर्‍यो। विजयी टिमका लागि सुजन तामाङ र आशिष राईले समान ११–११ अंक जोडे। एचएचसीएले युनिभर्सिटीलाई ३७–२५ ले हरायो। एचएचसीएका डेभिड राईले ११ अंक  जोडे।

सिनियर ब्वाइजमै ग्रिनल्यान्डले हिमालयन किङडमलाई ६१–५०, सेन्ट जोसेफले जुगललाई ४०–३०, इडेन ब्रिज एकेडेमी (इबीए) ले ज्ञान भूमिलाई ३७–३०, गोल्डेनपिकले टीआईएलाई ५७–४० र ग्राम शिक्षाले बूढानीलकण्ठलाई ३२–२१ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे। ग्रिनल्यान्डका सुरेश बिसीले २०, सेन्ट जोसेफका निकेश तामाङले ११, इबीएका सोहन भण्डारीले ९, गोल्डेनपिकका विजय तामाङले २४ र ग्राम शिक्षाका छेवाङ भोटेले १४ अंक बटुले।

प्रकाशित: २४ जेष्ठ २०८० १२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App