coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विवेक र नीरज सेमिफाइनलमा

धादिङका विवेक श्रेष्ठ र काठमाडौंका नीरज दुदराज शुक्रबार दोस्रो आइएफके फुल कन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष ४५ केजीतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।  

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भइरहेको प्रतियोगिताको सोही स्पर्धामा ललितपुरका सन्देश नगरकोटी र काठमाडौंका शेख रिजबान पनि सेमिफइनलमा पुग्न सफल भए। प्रतियोगिताको माओवादी केन्द्रका नेता सन्तु दराईले एक कार्यक्रमबीच उद्घाटन गरे। इन्टरनेसनल फेडरेसन अफ कराते एसोसिएसन नेपालद्वारा आयोजित प्रतियोगितामा १ सय २५ खेलाडीको सहभागिता रहेको आयोजकका प्रमुख प्रशिक्षक गणेशलाल कक्षपतिले जनाएका छन्। पुरुषमा सात र महिलामा ५ गरी १२ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ। शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५ हजार, २ हजार ५ सय र १ हजार नगद पुरस्कार पाउने आयोजक संघकी अध्यक्ष अमृता थापाले जानकारी गराइन्। प्रतियोगिता शनिबार सम्पन्न हुनेछ। 

प्रकाशित: २० जेष्ठ २०८० ०३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App