७ वैशाख २०८१ शुक्रबार
खेल

ए डिभिजन लिग :मछिन्द्रद्धारा सातदोबाटो ३–१ ले पराजित

शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा  मछिन्द्र फुटबल क्लबले  सातदोबाटो युथ क्लबलाई हराएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलको मछिन्द्र फुटबल क्लबले  सातदोबाटो युथ क्लबलाई ३–१ गोलले पराजित गरेको हो।

मछिन्द्रलाई सहज जित दिलाउन तीनै गोल नाइजेरियन फरवार्ड ओलावाले ओलाडिपो आफिजले गरेका हुन।त्यसैगरी सातदोबाटो युथ क्लबलाई लागि जोर्डन पुन मगरले गोल  गरेका हुन।

यो जितसँगै दोस्रो स्थानमा उक्लिएको मछिन्द्रले शीर्षस्थानमा रहेको चर्च ब्वाइज युनाइटेडसँगको अंक दुरी २ मा छोट्टाएको छ।मछिन्द्रको २३ खेलबाट ३९ अंक पुगेको छ।समान खेलबाटै चर्च ब्वाइजको ४१ अंक छ।पराजित सातदोबाटोको २३ खेलबाट २९ अंक जोडेर सातौं स्थानमा छ।

प्रकाशित: १७ जेष्ठ २०८० ११:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App