५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

काभा महिला भलिबलः भारत च्याम्पियन

फाइल तस्बिर

एनएससी काभा (सेन्ट्रल एशियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आईतवार सम्पन्न खेलमा भारतले काजकिस्तानमाथि ३–० को सोझो सेटमा हराउँदै उपाधि उचालेको हो।

यससँगै भारतले नेपालमा सम्पन्न दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि उचाल्न सफल भएको छ। यसअघि भारतले नेपालमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत महिला भलिबलको उपाधि उचालेको थियो।

काजकिस्तानमा एकपक्षीय प्रदर्शन गरेको भारतले पहिलो सेटमा २५–१५ को सहज जित निकालेको थियो। पहिलो सेटमा निकालेको जितसँगै उच्च मनोबलका साथ प्रदर्शन गरेको भारतले दोस्रो सेटमा २५–२२ र तेस्रो सेटमा २५–१८ को नजिता निकाल्दै उपाधि उचाल्न सफल भएको हो।

यसअघि तेस्रो स्थानका लागि भएको खेलमा साविक विजेता नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा हरायो। तेस्रो बन्ने क्रममा नेपालले २०–२५, २५–१६, २५–१५, २५–१३ को जित निकालेको थियो। राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको प्रतियोगितामा विभिन्न आठ देशका टोलीको सहभागिता रहेको थियो। विजेतालाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, राखेप सदस्यसचिव लगायतले पुरस्कार प्रदान गरे।  

प्रकाशित: १४ जेष्ठ २०८० १२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App