१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

विन्ध्यवासिनी मास्टर्स खुल्ला टेबलटेनिस :त्रिशालाई स्वर्ण

त्रिशा गुरुङले विन्ध्यवासिनी मास्टर्स  खुल्ला टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा स्वर्ण पदक जितेकी छन्।

स्ट्याग च्याम्पियन्स टेबलटेनिसको आयोजनामा श्री स्याङजा रापाकोट तमु मिलिजुली समाज, पोखरामा भइरहेको प्रतियोगिताको फाइनलमा त्रिशाले प्रजिता मुदभानीलाई ११–५, ११–५ र ११–६ को सोझो सेटमा पराजित गरिन्। सक्रिय पोखरेल र राजश्री अधिकारी तेश्रो भए। शीर्ष तीन स्थान हात पार्ने खेलाडी कास्कीका हुन्।

पोखरा महानगरपालिका वडा २ को सहयोग, कास्की जिल्ला टेबलटेनिस संघको संयोजन र कन्सेप्ट मेकर्जको व्यवस्थापनमा सञ्चालन भइरहेको प्रतियोगिताको भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा इखाछेन स्पोर्ट्स क्लबका राजेन्द्र वज्राचार्य, ललितपुर टीटी क्लबका प्रकाश धाक्वा, खोल्छा पुखुका नदिमरत्न शाक्य र च्यासल युथ क्लबका किरण व्यञ्जनकारले सेमिफाइनलमा स्थान सुरक्षित गरे।

प्रतियोगिताको पोखरा महानगरपालिका वडा २ का अध्यक्ष दिवसमान प्रधानाङ्गले एक कार्यक्रमबीच उद्घाटन गरे। तीनदिने प्रतियोगितामा विभिन्न ८ जिल्लाका १ सय ६ खेलाडी सहभागी छन्।

प्रकाशित: १३ जेष्ठ २०८० १३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App