शहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफले जावलाखेल युथ क्लबलाई हराएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा एपीएफले जावलाखेल युथ क्लबलाई २-० गोलले हराएको हो।एपीएफका लागि अर्मान्ड बिडोम र आवास लामिछानेले एक एक गोल गरेका हुन।
यो जितपछि एपीएफले २२ खेलमा २९ अंक जोडेको छ।यस हारसँगै जावलाखेल २२ खेलमा ३४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
प्रकाशित: १३ जेष्ठ २०८० १२:३५ शनिबार