१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पोखरा महानगर वडास्तरीय फुटबलः पोखरा–१४ च्याम्पियन

झरीले ढिलो गरी शुरु भएको पोखरा महानगर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि पोखरा महानगर–१४ ले जितेको छ। बिहीबार पोखरा रंगशालामा भएको फाईनल खेलमा एकपक्षीय देखिएको खेलमा पोखरा–१५ माथि ४—० को फराकिलो गोल अन्तरले पन्छाउँदै पोखरा–१४ च्याम्पियन बन्यो।  

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा भएको खेलमा वडा नं १४ ले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गर्दै एकपक्षीय नतिजा निकाल्दै च्याम्पियन बन्न सफल भयो।  व्यक्तिगत विधामा समेत वडा नं १४ ले बर्चस्व राख्यो।  

फाईनल खेलमा आशिष कार्की, सिद्धान्त गुरूङ, प्रताप गुरूङ र यामबहादुर श्रेष्ठले गोल गर्दै वडा नं १४ लाई उपाधि दिलाए।  यामबहादुर फाइनल खेलको म्यान अफ द म्याच घोषित भए। विजेता वडा नम्बर १४ को टिमले एक लाख ५० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ। उपविजेता वडा नम्बर १५ को टिमले एक लाख रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो। वडा नम्बर १४ का आशिष कार्की प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने । उनले १५ हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए।  

वडा नम्बर १४ कै रामचन्द्र नेपाली उत्कृष्ट गोलरक्षक, निश्चल तुलाचन उत्कृष्ट डिफेन्डर, यामबहादुर श्रेष्ठ उत्कृष्ट मिडफिल्डर र ज्ञानेन्द्र भण्डारी उत्कृष्ट प्रशिक्षक घोषित भए। वडा नम्बर १५ का विशाल गुरूङ उत्कृष्ट फरवार्ड बने। उत्कृष्ट खेलाडी र प्रशिक्षकले ५÷५ हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाए।  

पुरस्कार वितरणपछि बोल्दै महानगरपालिका प्रमुख धनराज आचार्यले खेलकुद क्षेत्रको विकास र खेलाडी उत्पादनमा महत्वपूर्ण हुने बताए। तल्लो तहमा हुने प्रतियोगितालाई महानगरपालिकाले विशेष प्राथमिकता दिने उनको भनाइ थियो। प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ मध्ये ३० वडाको सहभागिता रहेको थियो।  

प्रकाशित: १२ जेष्ठ २०८० ०८:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App